“ रामविलास मर्यो! ”
“ रामविलास मर्यो! ” गाउँभरि यो कुरा धुवा झै फैलियो। मानिस मुखामुख गर्न थाले। कुरोको चुरो निकाल्ने र नालिबेली खोज्ने एकातिर र आशुको लर्को बगाइरहेका र उराठ मुख लगाएका अर्कातिर थिए। समबेदना र श्रद्धाञ्जलीले उसको निष्क्रिय शरिर चलिरहेको थियो। उ मस्त निदाइरह्यो। एक लामो निद्रामा। उसको आमा आशुका बिरहले विलाप गरिरहेको थिइ “ए रामविलास! ए रामविलास! उठ्न रे, त किन उठ्दैनस।” “ए तिमीहरु जाओ सब ! मेरो रामविलास अलि ढिलो उठ्छ। जाउ तिमीहरु! ” उसका विलापहरुले आक्रोश सग आफुलाई जोडिरहेका थिए। रिता मैया अबुझ थिइ। तर यति त उसले बुझिसकेकि थिइ कि रामविलास अब सधैंका लागि निदाएको थियो। उसको निन्द्रा अब कहिल्यै पुरा हुनेवाला थिएन। तर उ आमा हो अपुग सहि, तर प्रयास उ गरिरहेकि थिइ। उ अझ एक झिनो आशामा थिइ कि रामविलास उठ्ने छ र आफ्नो पुरानो एटलसको साइकल लिएर गाउको एक फन्को मार्ने छ । एकछिन चिया पसलमा रहेको गोरखा पत्रको पुरानो अखबार जुन चिया पसलले जलेबी लपेट्न राखेको थियो , कुरा कुरामा सुट्काउने छ र घर पुगेर त्यसमा भएको सामान्य ज्ञानका प्रश्नहरु उत्तर सहित आफ्नो कापीमा सार्ने छ, सबै काम सकेर उ फेरि साँझपख गाउ डुल...